|

काठमाडौं : सहकारी संस्थामा जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि बचतकर्ता सडकमा उत्रिएका छन्।

देशभरका सहकारी पीडितहरू सहकारी पीडित वचत बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेर काठमाडौंको  माइतीघरमा आन्दोलन गर्दै आएका छन्।

आन्दोलनकै क्रममा पीडितहरूले शुक्रबार माइतीघरमा सहकारी संचालकका फोटामा जुत्ताको माला लगाइदिएका छन्। उनीहरूले आफूहरूको पैसा खाएर भागेकालाई कानुनी दायरा नल्याएसम्म र आफ्नो बचत रकम ब्याजसहित फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

संघर्ष समितिका अनुसार विभिन्न सहकारीका संचालकले देशभरका सहकारी संस्थाबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम ठगेका छन्।

संघर्ष समितिमा करिब १ सयभन्दा बढी सहकारी सहकारी पीडित आबद्ध भइसकेको समितिले जनाएको छ। यो आन्दोलन अझै सशक्त हुने आन्दोलनमा सहभागी सहकारी पिडितहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.