|

काठमाडौँ : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘युद्ध अपराध’को सम्बन्धीको रिट निवेदन दरपीठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ। 

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज उक्त रिट निवेदन दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको निवेदक लेनिन विष्टले जानकारी दिए। 

यो आदेशसँगै प्रधानमन्त्री प्रचण्डविरुद्ध ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो। 

बाल सेना प्रयोग गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै उक्त मुद्दा सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.