|

काठमाडौं : जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमध्ये १६ जनालाई शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ।

सरकारी वकिलको जवाफी बहस शुक्रबार सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस बिहीबार सकिएको थियो। यसपछि शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका थिए।

शुक्रबारै आदेश आउने भएपछि जिल्ला अदालत काठमाडौं वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो। थुनामा पठाउने आदेशपछि रायमाझी र खाँणसहित १६ जनालाई जिल्ला अदालत काठमाडौंबाट लगिएको थियो।

तस्वीरहरुः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.