|

काठमाडौं : धरान उपमहानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाएको छ। मेयर हर्क साम्पाङले ‘आदिपुरुष’ चलचित्र प्रदर्शन नगर्न धरान उपमहानगरभित्रका हल सञ्चालकहरूलाई निर्देशन दिएका छन्। 

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाइसकेका छन्। 

यता काठमाडौंका मेयर बालेन साहले आजदेखि हिन्दी सिनेमाहरूलाई पूर्णरूपमा निषेध गरेका छन्। आदिपुरुष चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको हो।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश राखेपछि साहले  उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आव्हान गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.