|

नेपालगञ्ज : भेरी अस्पतालमा करिब डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव  छ। 

अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको सेवाग्राहीले जनाएका छन् । 

भेरी अस्पताल, नेपालगञ्जले सूचना प्रकाशन गरी निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी दिएको छ । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ । 

भेरी अस्पतालका सूचना अधिकारी डा संकेतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए। 

अस्पताल प्रशासनका अनुसार यो खोप लगाउने बिरामी दैनिक १०० हाराहारीमा अस्पताल आउँछन्।

संघबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ। कुकुरलगायत पशुलेले टोकेको अवस्थामा यो खोप लगाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.