|

धादिङ : काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। 

काठमाडौंबाट राजस्थानका लागि छुटेको एआर ०६ इ ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए। अन्य १९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहको मिश्रले बताए। 

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो। अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.