|

काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्। 
अदालतका नायब सुब्बा प्रेमिका तामाङले आफूलाई लामिछानेले हातपात गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पक्राउ परेका अधिवक्ता लामिछाने आज हिरासतमै रहनेछन्। आज सार्वजनिक बिदा भएकाले उनमाथि म्याद थपको लागि भोलि अदालतमा लाने तयारी प्रहरीले गरेको छ। 

मुद्दाको फाइल हेर्ने क्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ भने उनको मुखमा चोट देखिएको छ। तर, लामिछानेले भने फाइल तानातान हुँदा तामाङलाई आफैँ चोट लागेको बताएका छन्। उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.