|

काठमाडौं : रोटरी क्लब अफ काठमाडौं मेट्रोको अग्रसरतामा गोरखाका ८२ जना विद्यार्थीलाई विद्यालय पोशाक, झोला, कापी तथा शिशाकलम वितरण गरेको छ।  

मट्रोको अग्रसरता र रोटरी इ–क्लब अफ-२६५०,जापान तथा रोटर्याक्ट क्लब अफ मेट्रो सिटीको सहयोगमा गन्डकी गाउँपालिक–३, घ्याल्चोकमा रहेको श्री प्रजा ज्योती आधारभूत विद्यालयमा कक्षा इसीडी देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक, झोला, कापी तथा शिशाकलम वितरण गरिएको हो। 

यसका साथै विद्यालयसम्म खानेपानीको धारा जडान गर्नका लागि २०० मिटर पाइप पनि वितरण गरिएको छ। रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी इ–क्लब अफ २६५०,जापानको नगद सहयोगमा विद्यालय पोशाक, कापी शिशाकलम र पाइप तथा रोटर्याक्ट क्लब अफ मेट्रो सिटीको अग्रसरतामा खराब बानीलाई दान गर्नुहोस् अभियान सन्चालन गरी झोला वितरण गरिएको हो।

यही असार १५ गते विद्यालयमा आयोजित एक कार्यक्रममा जम्मा ८२ जना विद्यार्थीहरुलाई १५०,००० रुपैयाँको लागतमा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।

विगत सात वर्षदेखि गोरखाको सीमान्तकृत चेपाङ समुदायको बस्ती रहेको घ्याल्चोक गाउँमा खानेपानी, स्वास्थ्य चौकी तथा स्थानीय महिलाबीच माईक्रो क्रेडिटको कार्यक्रम चलाइरहेको रोटरी क्लब अफ काठमाडौं मेट्रोले हरेक वर्ष त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.