|

काठमाडौं : झाडापखालाका कारण बालबालिकाको वृद्धि विकासमा कमी हुने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिमा लिड्स नेपाल नामक संस्थाले गरेको अध्ययनमा झाडापखालाको धेरै विरामी भइरहे पाँच वर्षमुनिका बालबालिकामा वृद्धि विकास कम भएको पाइएको हो।

अध्ययनमा ५ वर्षमुनिका बालबालिकामा झाडापखाला लागे उचाइ कम हुने देखिएको उक्त अध्ययनमा संलग्न लिड्स नेपालका धीरज पोखरेलले बताए। उक्त संस्थाले दुई वर्ष लगाएर काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक नगरपालिका र भुम्लु गाउँपालिकामा बालबालिकामा अध्ययन गरेको थियो।

उक्त अध्ययन ५५० जना बच्चामा गरिएको थियो। ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्याँस प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए। यस अध्ययनले दाउरा बाल्नेभन्दा गोबर ग्याँस प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखाला लाग्ने देखाएको छ।

गोबर ग्याँस प्रयोगकर्तालाई सरसफाइमा ध्यान नदिँदा, साबुनपानीले हात नधुँदा झाडापखाला बढी लागेको हुनसक्ने अनुसन्धानकर्ता अमोद पोखरेलले बताए।

‘गोबर ग्याँस प्रयोगकर्ताले धेरै समय गोबरमा खेल्ने र सरसफाइमा ध्यान नदिई बालबालिकालाई खानेकुरा खुवाउने भएकाले बालबालिकामा झाडापखालाको समस्या देखिने र यस्ता बालबालिकामा ५ वर्षसम्म हुनुपर्ने वृद्धि र विकास कम भएको पाइएको छ‘‚ अनुसन्धानकर्ता पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.