|

काठमाडौं : सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ। 

सोमबार ११ बजे बस्नेगरी बोलाएको बैठक विशेष कारणवश भोलि मंगलबार ११ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ। सदन खुलाउन ​आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग सहमति गरेको भनिए पनि पछि सफल हुन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.