|

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट अन्तर्गत भारत ए विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। 

उनले ६४ बलमा ६ वटा चौकासहित अर्धशतक पूरा गरेका हुन्। श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १ सय २१ रन बनाएको छ। 

देव खनालले १५, सोमपाल कामीले १४, आसिफ शेख ७ र भीम सार्कीले ४ रन बनाउँदा कुशल भूर्तेल र कुशल मल्ल शून्यमा आउट भए । 

भारत लगातार दोस्रो जितको खोजीमा छ । भारतले पहिलो खेलमा यूएईलाई ८ विकेटले पराजित गरेको थियो । समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको नेपाल र अन्तिमको यूएई अंकविहीन छन् । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई आज जित्नै पर्ने दबाब छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.