|

काठमाडौं : महिला विश्वकप फुटबल प्रतियोगितामा अहिले पोर्चुगल र भियतनाम भिडिरहेका छन्। 

न्यूजिल्याण्डको ह्यामिल्टनस्थित एफएमजी स्टेडियममा भइरहेको खेलमा पहिलो हाफको खेल सकिँदा पोर्चुगल २–० गोलले अगाडि रहेको छ।

पोर्चुगलका लागि खेलको सातौं मिनेटमै तेल्मा इन्कारनाकाओले गोल गर्दै अग्रता दिलाइन् । २१ औं मिनेटमा फ्रान्किस्का नाजारेथले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारिन्। 

पहिलो खेल हारेको पोर्चुगल आजको खेल जितेर अघिल्लो चरण प्रवेशको संभावना कायम राख्ने दाउमा छ। समूह ई मा दुई खेल खेलिसकेका अमेरिका र नेदरल्याण्ड्स समान २/२ अंकसहित तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.