अर्याल भन्छन्- योग्यलाई जिताऔं, मतदानमा सबै सहभागी बनौं
अर्याल भन्छन्- योग्यलाई जिताऔं, मतदानमा सबै सहभागी बनौं
काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि आज साँझ ६ बजेदेखि मौन अवधि सुरु हुँदै छ।
एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि मतदानमामा नयाँ प्रविधि अपनाइँदै छ। अनलाइन माध्यमबाट हुने मतदानको सबै तयारी सकिएको माल्टाका वर्तमान अध्यक्ष एवं आइसीसी सदस्यका उम्मेदवार भुवन अर्यालले जानकारी दिए।
अनलाइन माध्यमबाट मतदान हुनेभएसँगै मतदाता उत्साहित रहेको पनि अर्यालले बताए। अध्यक्ष अर्यालले ३१ सय बढी मतदाता आफ्ना उम्मेदवारलाई जिताउन तम्तयार रहेको बताउँदै सबैलाई मतदानमा सहभागी हुन आह्वानसमेत गरेका छन्।
निर्वाचन समितिका संयोजक राजु अर्याल बाबुले पनि आज साँझदेखि मौन अवधि सुरु हुने जानकारी दिए। सबै तयारी सकिएको बताउँदै ३० तारिखमा हुने निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन समितिले कुनै कसर बाँकी नराखेको अर्यालले बताए।
अध्यक्षमा गिरी बलियो, साझा प्यानल सशक्त
२०२३-०२५ कार्यकालका लागि अध्यक्षमा रोशन गिरी नेतृत्वको साझा प्यानल बलियो देखिएको छ। अध्यक्ष रोशन गिरी, महासचिव विरोजंग पाण्डेसहितको साझा प्यानल जितनजिक रहेको देखिएको हो।
माल्टामा सामाजिक काम र एनआरएनएलाई सशक्त बनाउन भूमिका खेलेकाहरुको साझा प्यानल जित नजिक देखिदा मतदाता पनि उत्साहित छन्।
साझा प्यानलबाट आइसीसी सदस्यमा वर्तमान अध्यक्ष भुवन अर्याल वर्तमान वरिष्ठ उपाध्यक्ष नविन गिरी र गोविन्द खरेल उम्मेदवार छन्।
अध्यक्षमा रोशन गिरी, उपाध्यक्षमा सत्यनारायक्ष झा प्रेमराज फेम्बो पशुपति गौतम नरेश खनाल, महिला उपाध्यक्षमा अस्मिता खबास र युवा उपाध्यक्षमा विजय परियार उम्मेदवार छन्।
यस्तै महासचिवमा विरोजंग पाण्डे उम्मेदवार छन् भने उपमहासचिवमा रामप्रसाद भण्डारी उम्मेदवार छन्। सचिवमा मनिष अर्याल भुवन झा उम्मेदवार हुँदा कोषाध्यक्षमा मनोज उपाध्याय र सहकोषाध्यक्षमा सुवास तिम्सिना उम्मेदवार छन् । युवा संयोजकमा मुखानर चापागाईं र महिला संयोजकमा सुष्मा राई पराजुली उम्मेदवार छन्।
अनिल राना, प्रकाश तिम्सिना, दिपेश गुरुङ, सुमन गैरे, हरिप्रसाद पौडेल र सुमन सागर भट्टराई सदस्यमा उम्मेदवार छन्। रेशम लाल खनाल रेम्स नेतृत्वको टिमले पनि चुनावी तयारीलाई तीव्रता दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।