|

काठमाडौं : नेपालभाषाको गायन क्षेत्रमा लामो समयदेखि सक्रिय गायक राजेन्द्र डंगोलको स्वरमा रहेका चार गीत सार्वजनिक भएका छन्। शनिबार एक कार्यक्रममा नेपालभाषाका गीत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको ‘ह्याउँसिन्हः’ गीती संग्रह नातिकाजी महर्जनले लेखेका हुन्।  ‘चकना ए चकना’, ‘म्हुतुसी लिप्स्टिक बुलाः’ , ‘बांला आपालं तिनातःगु’ मा जुगल डंगोलको संगीत तथा संगीत संयोजन छ भने ‘अय्लाः छ धात्थें’मा गायक डंगोलको संगीत र शिव शाहीको संगीत संयोजन रहेको छ।

‘म्हुतुसी लिप्स्टिक बुलाः’मा गायिका निशा देसारले गायक डंगोललाई साथ दिएकी छिन्। कार्यक्रममा ‘चकना ए चकना’ गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। सो म्युजिक भिडियोमा हालै मात्र मिस स्टार युनिभर्सकी विजेता सृष्टी महर्जन, डिन्कर महर्जन र गायक डंगोलको अभिनय रहेको छ।

गीतमा नेपाः डान्स एकेडेमीका कलाकारहरूको नृत्य रहेको छ। म्युजिक भिडियोमा छायांकन गायक डंगोलको रहेको छ भने उनलाई अजय महर्जनले सहयोग गरेका छन्। म्युजिक भिडियोमा इन्द्र महर्जनको सम्पादन र गीता श्रेष्ठ (महर्जन)को श्रृंगार रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले आजको समयमा गीतमा रचना र संगीत मात्र भरेर नपुग्ने त्यसको म्युजिक भिडियोसमेत निर्माण गर्नुपर्ने भएका कारण एउटा राम्रो गीत बन्नको लागि धेरै मानिसको मिहिनेत पर्ने बताए।

कार्यक्रमका अतिथि ज्यापु महागुथि नेपाःका अध्यक्ष एवम् लोककवि राजभाइ जकःमिले विमोचित गीत तथा म्युजिक भिडियोको प्रसंशा गरे।  सोही कार्यक्रममा बहुप्रतिभाशाली गायक डंगोलको पुस्तक ‘झुमिं यंगु समाज’ पनि सार्वजनिक गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.