|

काठमाडौं : मण्डला ड्रामा स्कुलको पहिलो ब्याचको प्रस्तुति, अन्जान प्रदीपको लेखन तथा निर्देशन,सञ्जय विश्वकर्माको सहनिर्देशकमा मण्डला थिएटरमा ‘युद्धका घाउहरू २.०’ मञ्चन भइरहेको छ। 

नाटक १० वर्षे सशस्त्र द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यौनिक हिंसा, विस्थापन, अङ्गभङ्ग तथा शारीरिक यातना आदि परिणाममाथि केन्द्रित छ।

नाटक ‘सामाजिक रूपान्तरण तथा शान्तिनिर्माणका लागि रंगमञ्च’ शीर्षकमा सञ्चालित मण्डला ड्रामा स्कुल बाट दीक्षित पहिलो ब्याचका विद्यार्थीले तयार पारेका हुन्। प्रशिक्षणका क्रममा विद्यार्थीले तयार पारेको ‘युद्धका घाउहरू’ नाटककै विस्तारित रूप हो– युद्धका घाउहरू २.०, जसलाई २४ जुलाई, २०२३ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा मञ्चन गरिएको थियो।

मञ्चमा आदित्य मिश्रा, आकाश नेपाली,अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा,सरिता कठायत सुमित्रा पेहिम, सुस्मिता पोख्रेलको अभिनय देख्न सकिन्छ। नाटकमा रङ/ वेशभूषा सरिता कठायत, ग्राफिक्स अनिल कुर्मी, मञ्च व्यवस्थापक अनिल कुर्मी, पोस्टर कला सरिता कठायत, प्रकाश उमेश तामाङ,मञ्च सामग्री आदित्य मिश्राको छ। 

साउन १६ गते शुरु भएको नाटक २१ गतेसम्म चल्ने छ। हरेक दिन साँझ ५:३० बजे मञ्चन हुने नाटक शनिवार १ बजे पनि हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.