काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ अङ्कले बढेको छ। आज परिसूचक ९ दशमलव २५ अङ्कले बढेर २ हजार ८६ दशमलव ८४ अङ्क कायम भएको हो।
नेप्सेका अनुसार आज २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूह ५ दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह १ दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ। आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ।
जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह ४ दशमलव ६६ अङ्कले बढेको छ। आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव १४ प्रतिशतले बढेको हो।
सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ११ करोड १९ लाख ३ हजार ५१९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार ९०९ कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।