|

पाल्पा : पाल्पामा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

तानसेन नगरपालिका-८ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

गत आइतबार बिहान ९ बजे ११ वर्षीया बालिकालाई उनले बलात्कार गरेको आरोप लागेको छ। सोही दिन दिउँसो १ बजे १३ वर्षीया अर्की बालिकालाई बलात्कारको प्रयास गरेको थापाले बताए।

ती बालिकाका आमाहरूले दिएको जाहेरीका आधारमा ठडराईलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.