|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण शुक्रबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

१०० किलो अवैध सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले नाराबाजी गर्दै सदन अवरोध गरेपछि बैठक स्थगित भएको हो। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए।

एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी साहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन्। एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

यसअघि शुक्रबार नै बसेको राष्ट्रियसभा बैठक पनि एमालेको अवरोधको कारण स्थगित भएको थियो। एमालेले उठेर संसद चल्न नदिएपछि राष्ट्रियसभाका अध्यक्षले एमाले सांसदलाई बोल्न दिएका थिए। तर,सत्तापक्षले एमाले सांसदलाई बोल्न दिएको विरोध गरे। सत्तापक्ष र प्रतिपक्ष दुवै विरोधमा उत्रिएपछि अध्यक्ष तिमल्सिनाले ३१ गतेसम्मको लागि बैठक स्थगित गरे। 

एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै गत साउन १० गतेदेखि सदन अवरुद्व पार्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.