|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन्।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे।

उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ। स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै समपूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ।’

नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ। सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.