|

दोलखा : दोलखाको विगु गाउँपालिका-७  विगुमा  निगुरो  टिप्न गएका  बाबुछोरा  पहिरोमा परी  बेपत्ता भएका छन्।

आज दिउँसो जंगलमा निगुरो टिप्न गएका विगु गाउँपालिका-७ विगुका करिब ३६ वर्षीय नीमदोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा  बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जंगलमा निगुरो टिप्ने क्रममा पहिरो र खोला एक्कासी आएपछि निगुरो टिप्न गएकामध्ये स्थानीय एकजना भागेर ज्यान बचाउन सफल भएको वडाध्यक्ष श्रेष्ठले बताए। निगुरो टिप्ने क्रममा दिउँसो १२ बजेतिर पहिरो र खोला बढेपछि बाबुछोरा बेपत्ता भएका हुन्।

अहिले घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको छ। पानी परिरहेका कारणले पहिरो पन्छाउन समस्या भइरहेको दोलखा प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.