|

दोलखा : विगु गाउँपालिका–७  मा अविरल बर्खे भेलमा हराएका  ३६  वर्षीय निमदोर्जे शेर्पा मृत फेला परेका छन्। 

आइतवार बिहान घरबाट करिब एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३६ वर्षीय निमदोर्जे शेर्पाको शव प्रहरीले फेला पारेको हो  । 

पासाङको शव आइतबार साँझ नै फेला परे पनि निमदोर्जेको शव सोमबार बेलुका तिनपातेमा ढुंगाचेपमा भेटाएको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।  

आइतबार  दिउँसो वर्षासँगैको भेलले  शेर्पा बाबु–छोरालाई बगाएको  थियो। दुवैको शवलाई पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको दोलखा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.