|

काठमाडौं : ‘कमेडी क्लबविथ च्याम्पियन’ बन्द भएको एक महिनाभित्रै दोस्रो सिजन सोमबारबाट ल्याइएको छ। दोस्रो सिजनमा कार्यक्रम उद्घोषकमा यमन श्रेष्ठ छन् भने अध्यक्षको आसनमा छन् हास्यकलाकार राजाराम पौडेल छन्।

यसअघि सिजन-१ मा विशाल भण्डारी र उनको टिमले चलाउँदै आएका थिए। कार्यक्रमको अध्यक्षको भूमिकामा निर्देशक तथा अभिनेत्री दीपाश्री रहेकी थिइन्।

कार्यक्रमको उत्पादक कि एड्भर्टाइजिङले पूरै नयाँ टिम बनाएर ‘कमेडी क्लब विथ च्याम्पियन २‍.०’ प्रसारणमा ल्याएको हो।

यस सिजनमा रोशन सुवेदी, अजय रेग्मी, डोरेस खतिवडा, सुचित्रा उप्रेती, अर्पण तामाङ लगायत नयाँ कमेडियनहरूको आगमन भएको छ। यसअघिको शो कार्यक्रममा सुमन कार्की, म्याक्सम गौडेल, कैलाश कार्की, पवन भट्टराईजस्ता कलाकारहरू रहेका थिए। पहिलो एपिसोडमा अभिनेता राजेश हमाललाई अतिथिका रुपमा आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.