|

काठमाडौं :  बंगलादेशबाट आज र भोलि करिब ७०० पर्यटक नेपाल आउँदै छन्।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार  शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। शुक्रबार दिउँसोसम्म करिब २०० पर्यटक आइसकेको बताइएको छ।

यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौमती बाजासहित स्वागत गरिएको छ।  

अगस्ट १८ देखि अगस्ट २२ सम्म होटल र्‍याडिसनमा आयोजना हुने अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन आएका हुन्। सम्मेलन सकिएलगत्तै उनीहरुको नेपालको प्रमुख पर्यटकीय गन्तव्य घुम्ने योजना रहेको छ।

शुक्रबार दिउँसो र साँझ हिमालयन एअरबाट र भोलि दिउँसो विमान बंगलादेशको चार्टर्डबाट उनीहरु नेपाल आउन लागेका हुन्।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउण्ड ह्याण्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो। 

यसले नेपालको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलोपटक हो। नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो। 

ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले बताए। 

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.