|

दोलखा : दोलखामा एक थान भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन्। 

दोलखा कालिञ्चोक गाउँपालिका-३ बस्ने अन्दाजी  १९ वर्षका  नवीन खत्री एक थान अवैध भरुवा बन्दुक सहित प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।

उनका अनुसार  खत्रीले  अवैध रूपमा लुकाई छिपाई भरुवा बन्दुक राखेको भन्ने सूचनाको आधारमा  हिजो प्रहरीले खत्रीलाई घरबाटै प्रकाउ गरेको हो। खत्रीको घरमा अवैध रूपमा  एक नाल भरुवा बन्दुक र भरुवा बन्दुकमा प्रयोग हुने नाल थान १, ककिङ पिस ट्रिगर सहितको चाँपघोडा एक थान बरामद गरिएको हो।

खत्रीलाई पक्राउ गरी दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.