|

भारतीय चलचित्र गदर–२ ले ३ सय करोड कमाएको छ। फिल्मले आठौं दिनमै यो उपलब्धि हासिल गरेको हो। चलचित्रले शुक्रबार २०.५ करोड कमाएको थियो। यसरी चलचित्रको कुल कलेक्सन ३०५.१३ करोड पुगेको छ।

गदर-२ सबैभन्दा छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने दोस्रो हिन्दी चलचित्र हो। यसभन्दा अगाडि शाहरुख खानको चलचित्र पठान छ। पठानले ६ दिनमा ३ सय करोड कमाएको थियो।

हिन्दी चलचित्र इतिहासमा ११ चलचित्रले मात्र ३ सय करोड कमाउन सफल भएका छन्। गदर–२ तीन सय करोड क्लबमा प्रवेश गर्ने १२ औं चलचित्र बनेको छ। पठान ५४३.०५ करोडको साथ यो सूचीमा पहिलो नम्बरमा छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.