|

काठमाडौं : सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतक र सचेतकहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ। 

सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा सबै दलका  प्रमुख सचेतक र सचेतकसँगको बैठक बिना निष्कर्ष टुंगिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। सभामुखले बोलाएको बैठकमा एमाले  आफ्नो एजेण्डाबाट पछि नहट्दा सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो। 

उनले थाहाखबरसँग भने, ‘सभामुखज्यूले प्रमुख सचेतक र सचेतक बोलाएर केही हुँदैन। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताको तहमा छलफल गरेर मात्रै सदन अवरोधको विषय टुंगो लाग्छ।’

सचेतक बर्तौलाले साढे १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सबै दलको बैठकबाट मात्रै सदन अवरोधको विषय टुंगो लाग्ने बताए। 

नेकपा एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै साउन १० गतेबाट सदन चल्न दिएको छैन। सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री, सभामुख, विपक्षी दलका नेताहरू निरन्तर संवादमा छन्। तर, निकास निष्कन सकेको छैन। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.