|

काठमाडौं : ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले इन्द्रजात्राका अवसरमा ‘लिटिल स्टार’ नेपालभाषा गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ। गीत गायन प्रतियोगिता पाटन दरबार क्षेत्रको भन्दाःक्यबमा असोज ११ गते हुनेछ।

यस प्रतियोगिताको प्रमुख प्रायोजक लिटिल स्टार रेकर्डस् हो भने पाटन म्युजियम सहयोगीको रुपमा रहेको छ। यस प्रतियोगितामा सर्वोकृष्ट गीतलाई ट्रफीसहित १ लाख रुपियाँ प्रदान गरिनेछ। 

उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार तथा उत्कृष्ट गीत (सान्त्वना) ले २५ हजार रुपियाँ प्राप्त गर्नेछन्। उत्कृष्ट गायक, सङ्गीतकार र रचनाकारलाई ट्रफीसहित जनही २५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ। 

प्रतियोगितामा सहभागी टिमले कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्नेछ।

आयोजक ललितपुर महानगरपालिका–१ का अध्यक्ष निर्मलरत्न शाक्यले आफ्नो पहिलो कार्यकालमा कला विकासका लागि कलाकार समिति बनाएको जानकारी दिए। 

उनले भने, ‘स्थानीय तहमै पहिलो पल्ट निर्माण भएको कलाकार समितिले सक्रियताका साथ इतिहास र परम्परा मात्र नभइ नवसृजना एवम् सर्जकहरुमा उत्साह छर्न विभिन्न कार्यक्रम गरिसकेको छ। यो गीत प्रतियोगिताले पनि  नवकलाकारहरुको खोजी, कला विकास, स्थापित कलाकारहरुका लागि मञ्च उपलब्ध गराउने विश्वास लिएको छु।’

ललितपुर मनपा कलाकार समितिले वरिष्ठलाई सम्मान गर्न ‘ललितरत्न’ उपाधि अर्पण गर्दै आएको छ। 

३ वर्षदेखि गीत तथा नृत्य प्रतियोगिता, कला पाठशाला, इन्द्रजात्राको अवसरमा सांस्कृतिक कार्यक्रम, होलीया मेला, श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत उत्सव, न्हूदँया भिंतुना सांस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ।

यस प्रतियोगिताका संयोजक तथा गायक सुरजवीर बज्राचार्यले आयोजकलाई पठाएको अडियो, भिडियो हेरेपछि मात्र आयोजकले अडिशन राउण्डमा बोलाउने र सो चरणमा सफल सफल प्रतियोगी समूहमात्र लिटिल स्टार नेपालभाषा गीत प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.