|

सनी देओलको फिल्म गदर–२ शुक्रबारदेखि भारतको नयाँ संसद भवनमा पनि प्रदर्शनमा आएको छ। अगस्ट २७ सम्म हरेक दिन पाँच वटा शो हुनेछन्।

नयाँ संसद भवनमा चलचित्र प्रदर्शनमा आएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्मको कलेक्सन ४१९ करोड पुगेको छ, यसले आगामी दुई दिनमा केजीएफ–२ को रेकर्ड तोड्न सक्छ।

गदर–२ ले बिहीबार ८ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ। फिल्मको कुल कलेक्सन ४१९.१० करोड पुगेको छ। गदर-२ ले विगतमा आमिर खानको फिल्म दंगल (३८७.३८ करोड) को लाइफटाइम कलेक्सनलाई पछाडि छोडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.