|

काठमाडौं : प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले आफूले नयाँ जनयुद्धको सुरूवात गरेको बताएका छन्। 

मंगलबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय माअ‍ोवादी मुर्झाएकाले आफूले हिंसारहित जनयुद्धको सुरूवात गरेको बताएका छन्। 

‘यो बीचमा माओवादी कताकता मुर्झाएको जस्तो हामी माअ‍ोवादी हौं भन्न अफ्ठ्यारो मानेको जस्तो। परिवर्तनका विरोधीहरू छाती खोलेर माओवादीलाई गाली गरेको तर, हामी चुपचाप सुनेर हिँड्नु परेको जस्तो थियो। तर, मेरो तर्फबाट नयाँ जनयुद्धको सुरूवात गरेको हो,’ उनले भने, ‘ यो नयाँ जनयुद्ध हो। यसमा हिँसा र हतिरयारको प्रयोग हुँदैन। तर, यो युद्ध नै हो। यो युद्धको सुरूवात लिडरसिपबाट हुनुपर्छ। यसले जनताको मन जित्ने छ। हामी देश निर्माणका अभियन्ताहरू हौं। हाम्रा जनता र विरोधीका घरमा जानूस। सरकारले गरेका राम्रा कामहरूका बारेमा जानकारी दिँदै फिड व्याकहरू लिएर आउनूस्।’ 

प्रधानमन्त्री प्रचण्डले माअ‍ोवादी कमजोर हुँदा जनयुद्धका मुद्दाहरू निरन्तर आइरहेको बताए। उनले आफू सरकारमा आएर राम्रो काम गर्न थालेपछि दुई वटा मुद्दा परेको बताउँदै आफूहरू शक्तिशाली भएपछि यी केही पनि नभएको बताए। 

‘मैले एकपटक फेरी जीवनको यो क्षणमा नयाँ क्रान्ति थालनी नगर्ने हो भने मेरो चिन्ता देश दुर्घटनामा पर्ने खतरा छ। यो परिवर्तन उल्टिने खतरा छ। यसमा तपाईं हामी सबै नै दुर्घटनाको सिकार हुने खतरा छ। हाम्रो शक्ति मजबुत भएन भने प्रतिक्रियावादीहरूले के के गर्छन् भनेर के गर्छन् हामी भोगिसकेका छौं। पहिले नै हाम्रो टाउकोमा युद्धकालका मुद्दाहरू छँदैछन्। मेरा ३६ वटा मुद्दा छँदैछन्। शान्तिकालका मुद्दा टुंगो नलागेसम्म अझै पर्नसक्छन्। म सरकारमा आएर राम्रो काम गर्न थालेपछि दुई वटा मुद्दा परेका छन्। तर, जब हामी एक हुने भएपछि थाँती छन्। हामी शक्तिशाली भएपछि यी केही पनि होइनन्,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्ने प्रयासहरू भइरहेकाले गठबन्धन पाँच वर्ष जाने बताएका छन्।  ‘गठबन्धन तोडेने, सरकारलाई ढाल्ने षड्यन्त्र भइरहेका छन्। तर, कसैको केही लाग्ने छैन्।  जति बल गरेका छन्। त्यति जनातको नजरमा गिर्दै गएका छन्। यो गठबन्धन पाँचै वर्ष जानेछ। केही ठूलो दुर्घटना भएन भने हामी  निरन्तर यो अभियानलाई सफलता तिर लाने छौं,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.