|

काठमाडौं :  नेपाल विद्यार्थी संघले  इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा प्रदर्शन गरेका छन्। पुलचोक स्थित इन्जिनियरिङ अध्ययन संस्थानको अगाडि डिनको शव बनाई सांकेतिक शवयात्रा गरेका थिए।

इन्जिनियरिङ विषयमा अत्यधिक शुल्क वृद्धि गरेको भन्दै नेविसंघ संघ लगातार प्रदर्शनमा उत्रिँदै आएको छ।

 आइओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

उनीहरुको शवयात्रामा प्रहरीले हस्तक्षेप गरि सांकेतिक शव नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.