|

काठमाडौं : विश्व सम्पद सूचीमा सूचीकृत भक्तपुर आफैँमा एउटा पर्यटकीय गन्तव्‍य हो। पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकाले यहाँ निजी क्षेत्रसँगको सहकार्यमा वडा नम्बर १ इताछेँस्थित न:पुखुमा 'वाटर साइक्लिङ' सञ्चालनमा ल्याइएको छ।

भाद्र ९ गतेदेखि  टिएन एडभेन्चर्स नामक संस्थाले उक्त पोखरीमा वाटर साइकल सञ्चालनमा ल्याएको हो।  पोखरीमाथि साइकल चलाएर छुट्टै मज्जा लिन आउनेको संख्या बढ्दै आएको  टिएन एड्भेन्चरका सञ्चालक बताउँछन्।

वाटर साइक्लिङका लागि अन्य दिनहरुमा बिदाका दिनहरुमा भिडभाड  हुने  गरेको संचालक बताउँछन्।

उक्त संस्थाले वाटर साइक्लिङ गर्न १५ मिनेटको दुईसय रुपैयाँ शुल्क लिँदै आएको छ।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.