|

काठमाडौं : निलहिरा समाजको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले टुँडिखेलमा गाईजात्रा पर्व मनाएका छन्।  तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गर्ने गर्छन्। 

आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाल्छना विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले विगतका वर्षहरूदेखी गाइजात्रा पर्व मनाउ थालेको हो।

यस समुदायका लागि कार्य गर्ने विविध संस्था र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलागायत विविध कार्यक्रम गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.