|

काठमाडौं : बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिएको छ ।

जिल्ला समन्वय समिति काठमाडौंले शनिबार र्‍याफ्टिङ आयोजना गरेको हो। बागमती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ र बागमती प्रदेश र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले प्राविधिक सहयोग गरेका छन् ।

सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभारको गल्छीमा पुगेर समापन हुनेछ । कुल ४५ वटा र्‍याफ्टले सुन्दरजलदेखि चोभारसम्मको करिब २५ किलोमिटरको दूरी पार गर्नेछन् । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीयहरू सवार हुनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.