|

काठमाडौँ : संसद्‍ जन-निर्वाचित सांसदहरूको बैठक बस्ने थलो हो। त्यहाँ पछिल्ला समय देशको भविष्य बोकेका विद्यार्थीहरू पनि देखिन थालेका छन्।

केही समय अघिसम्म देशभरका ७७ वटै जिल्लाबाट निर्वाचित भएर आएका सांसदहरू मात्र भेटिन्थे। देशले संसदीय शासन प्रणालीलाई अवलम्बन गरिरहेका वेला अहिले भने विद्यालयबाट नै बालबालिकाहरूलाई संसदीय प्रणालीका बारेमा शिक्षा दिन थालिएको छ।

अहिले देशमा तीन तहको सरकार छ। याे नेपालका लागि नयाँ व्यवस्था हाे। नेपालमा दुई सदनात्मक संघीय संसद्‍‍ छ। कक्षा ९ र १० को पाठ्यपुस्तकमा समावेश गरिएको राज्यको ३ निकाय (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) मध्ये व्यवस्थापिकाबारे प्रत्यक्ष बुझ्न र हेर्न आजकाल विभिन्न विद्यालयले संसद्‍ बैठक बस्ने दिन बालबालिकालाई ल्याउने गरेका छन्।

प्रतिनिधिसभाको बैठक चलिरहेका समयमा यसरी विद्यार्थीलाई प्रत्यक्ष देखाउँदा उनीहरूले पढेकोभन्दा बढी बुझ्ने विद्यालयको ठम्याइ छ। यसका लागि विद्यालयले संघीय संसद्‍ सचिवालयसँग पत्राचार गरेर आफ्ना विद्यार्थीलाई बैठकस्थलमा ल्याउने गरेका छन्।

विद्यार्थीहरू संघीय संसद भवनमा प्रवेश गरेसँगै मर्यादापालकले उनीहरूलाई त्यहाँको नियमबारे जानकारी दिन्छन्। यससँगै भवनभित्र लान निषेध गरिएका वस्तु (जस्तै: चकलेट, खानेकुरा, धारिलो बस्नु, चुइगम, लाइटर, चुरोटआदि) यदि उनीहरुसँग छ भने बाहिरै राख्न लगाइन्छ। 

संसद भवनको मुख्यद्वारमा सुरक्षा जाँच सकिएपछि प्रतिनिधिसभाको बाल्कोनीमा बसेर अनुशासित भइ विद्यार्थीले प्रतिनिधिसभाको बैठक अवलोकन गर्न पाउने छन्।

(तस्वीरमा प्रतिनिधिसभा बैठक हेर्न संघीय संसद भवन, बानेश्वर आएका विद्यार्थीहरु)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.