|

बैतडी : गौरा पर्वको अवसरमा बैतडीका विभिन्न ठाउँमा सचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको छ।

देउडाको संरक्षण, संवर्धन र प्रवर्धनका साथै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको आयोजक समितिका सदस्य मोहनसिंह बिष्टले जानकारी दिए।

समाजमा रहेका विकृति, विसंगति र कुप्रथा हटाउन सहयोग पुगोस् भनेर सचेतनामूलक देउडा प्रतियोगिताको आयोजना गरिएको हो।

पाटन नगरपालिका–८, खोड्पेमा भदौ २६ गतेदेखि २८ गतेसम्म महिला पुरुष संयुक्त देउडा प्रतियोगिताको हुने भएको छ।​

खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र राममन्दिर व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार नगद पुरस्कारसहित प्रमाण प्रदान गरिनेछ।

यसैगरी भदौ २२ गते सनातन धर्म मावि श्रीकोटको प्रांगणमा देउडा कार्यक्रमको आयोजना गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ४ पुरस्कार प्रदान गरिनेछ।

यस्तै मेलौलीमा भदौ ३० गते विपद् जोखिम न्यूनीकरण सम्बन्धी देउडा प्रतियोगिता हुने भएको छ।​

यसैबीच जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ कुलाउँमा द्वारिकादेवी चन्द ठकुरानी प्रतिष्ठान शाखाको आयोजनामा देउडा प्रतियोगिता सम्पन्न भएको छ।

गौरा पर्वको अवसरमा यहाँका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। जिल्लाको दोगडाकेदार र सुर्नया गाउँपालिकाले भदौ २१ र २२ गते, डिलाशैनी गाउँपालिका, पाटन र दशरथचन्द  नगरपालिकाले भदौ २१ गते सार्वजनिक बिदा दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.