|

काठमाडौं : सानोमा लाडप्यारले हुर्काएको, उचित शिक्षादीक्षा दिएको सन्तानले बुढेसकालमा सहारा दिनुको साटो वृद्धाश्रम पुर्‍याउँछ भने त्यसलाई के भन्ने ?

समाज कल्याण केन्द्र वृद्धाश्रममा यस्तै परिबन्धमा परेर आएका वृद्धवृद्धा​लाई देख्न सकिन्छ। कतिपय भने सहारा कोही नभएर पनि यहाँ आएका छन्।

सरकारले सञ्चालन गरेको यो आश्रममा अहिले ८० जना वृद्धवृद्धा छन्। ज्येष्ठ नागरिक विभिन्न क्रियाकलाप गरेर दिन कटाउने गरेका छन्।

उनीहरू कोही झार उखेल्छन्। कोही तरकारी केलाउने त कोही टेलिभिजन हेरेर दिन बिताइरहेका छन्। कतिपयले सुतेर दिन काट्ने गरेका छन्। 

समाज कल्याण वृद्धाश्रमका अनुसार भजनको समेत व्यवस्था गरिदिएको छ। तत्कालीन राजा सुरेन्द्र शाहको पालामा १९३८ सालमा पञ्चदेवल पाठशाला रूपमा स्थापना भएको यो  वृद्धाश्रम २०३४ सालदेखि समाजकल्याण केन्द्र वृद्धाश्रमका नामले सञ्चालन हुँदै आएको छ। यसको कुल आश्रय क्षमता २३० जना रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.