|

काठमाडौं  : सुनसरीमा आफ्नो हतियार लुटपाट गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणमा संलग्न समूहका ५ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। 

बर्जु गाउँपालिका–१ मा शुक्रबार बिहान सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको थियो। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि राति आक्रमण भएको थियो । 

यो क्षेत्रमा मोटरसाइकलमा यात्रा गर्नेलाई हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचना पाएपछि प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोशाकमा खटाइएको थियो। पाँचजनाको समूहले उनीहरूलाई नियन्त्रणमा लिई हतियार खोसेको थियो।

प्रहरीमाथि लुटपाट भएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरी उक्त समूहको खोजी गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.