|

काठमाडौं : २०६९ सालको मदन पुरस्कार जित्न सफल उपन्यास ‘दमिनी भीर’ यतिबेला नाट्य रुपान्तर गरी मञ्चन भएको छ।

 साहित्यकार राजन मुकारूङद्वारा लिखित उक्त उपन्यासलाई नाट्य रुपान्तरण गरि भाद्र २२ गतेदेखि मण्डला थिएटरमा मञ्चन भएको हो।

इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशन रहेको छ। नाटक 'दमिनी भीर' मा उपन्यास कि एक पात्र लच्छी अर्थात माइली लाई केन्द्रमा राखिएको छ।

थैली इन्टरटेन्टमेन्टको सहकार्यमा ममा आर्ट्सको प्रस्तुति रहेको नाटकमा  भावना उप्रेती, आकाश नेपाली, सचीन रत्न, पुनम थापा लगायतका कलाकार रहेका छन्।

नाटक असोज १० सम्म सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ भने शुक्रबार र शनिबार भने दिउँसो १ बजे पनि अतिरिक्त शो मञ्चन हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.