|

काठमाडौं : हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतको उपस्थिति रहेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे। उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए।

उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउन सके र ग्रामीण संस्कृतिको जरासम्म पुर्‍याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए। चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदूतसँग आग्रह गरे।

मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.