|

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरी हिरासतमा रहेका १७ जनामध्ये १६ जना आइतबार नै धरौटीमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आइतबार दिएको आदेशअनुसार धरौटी बुझाएर छुटेका हुन्।

भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङसँग अदालतले सबैभन्दा बढी धरौटी रकम मागेको थियो। उनीसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो। अरुसँग भने अदालतले १ लाख १० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागेको थियो।

प्रकरणमा संलग्नताको अभियोगमा हिरासतमा रहेका अरुणकुमार श्रेष्ठ भने धरौटी रकम आजै बुझाउन नसकेर कारागार चलान भएका छन्। अदालतले उनीसँग साढे ७ लाख रुपैयाँ धरौटी मागेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.