|

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसले विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाका लागि आयोजित पत्रकार सम्मेलनमा गुतेरेसले यस्तो टिप्पणी गरेका हुन्।

असोज १ गतेदेखि विश्व नेताहरू, प्रतिनिधिहरू न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा उच्चस्तरीय बैठक र कार्यक्रममा सहभागी हुँदै छन्। उनले विश्वका नेताहरूलाई आफूले आफ्नो स्थान र स्थिति निर्धारण गर्ने समय अहिले नभएको बताउँदै विश्वव्यापी सम्झौता गर्नु हितकर हुने बताए।

उनले उदासीनता र अनिर्णयको समय नभएको पनि स्पष्ट पारेका छन्। राजनीति भनेको सम्झौता भएको उल्लेख गर्दै समानता र ऐक्यबद्धतामा आधारित भई साझा हित र साझा भविष्य निर्माणका लागि विश्वव्यापी सम्झौता गर्नुपर्ने बताए।

उनले यो समय विश्वका हरेक नेताका लागि साझा हितका लागि काम गर्ने थलो भएको बताए। उनले विश्वलाई अहिलेको आवश्यकता काम भएको बताए। बिग्रँदै गएको जलवायु, बढ्दो द्वन्द्व, विश्वव्यापी जीवन संकट, बढ्दो असमानतालाई सुधार गर्नुपर्नेमा जोड दिए। 

उनले भूराजनीतिक विभाजनबाट सबैको क्षमतामा ह्रास आइरहेको पनि चर्चा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.