|

काठमाडौँ : विश्वकप विजेता स्पेनिस महिला टोलीका प्रशिक्षक जोर्गे भिल्डालाई फिफा अवार्डको अन्तिम सूचीबाट हटाइएको छ। राष्ट्रिय टोलीबाट बर्खास्त भएको एक सातापछि घोषणा भएको फिफा सूचीमा उनी छैनन्।

भिल्डा वर्ष उत्कृष्ट महिला टोलीका प्रशिक्षक पुरस्कारका लागि पाँच उम्मेदवारमा परेनन्। स्पेनसँग फाइनलमा पराजित इङल्यान्डकी प्रशिक्षक कोच सारिना विगम्यान सहित स्विडेनका पिटर गेहार्डसन, बार्सेलोनाका जोनाटन गिराल्डेज‚ अष्ट्रेलिया महिला टिमका टोनी गुस्ताभ्सन, चेल्सीकी इम्मा हायस रहेका छन्।

उम्मेदवारहरू फिफाद्वारा नियुक्त विशेषज्ञ प्यानलद्वारा छनोट गरिएको थियो। स्पेनिस कप्तान जेनिफर हर्मोसो वर्ष उत्कृष्ट महिला खेलाडी अवार्डका लागि १६ उम्मेदवारमा परेकी छन्। विश्वकपको उपाधि जितेपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले चुम्बन गरेपछि उनी चर्चामा आएकी थिइन्।

अहिले अध्यक्ष रुबियालेसमाथि अनुसन्धान चलिरहेको छ। विश्वकप विजेता लियोनेल मेसी र केलियन एम्बाप्पेले म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिग विजेता ६ जना खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

मेसी गतवर्ष विश्वविजेता बनेपछि अवार्ड जितेका थिए। राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकहरूले अनलाइनमार्फत अक्टोबर ६ सम्म भोटिङ गर्न पाउनेछन्। अवार्ड विजेताको नाम समारोह आयोजना गरी सार्वजनिक गरिनेछ।

च्याम्पियन्स लिग जिताएका प्रशिक्षक पेप ग्वार्डिओला वर्ष उत्कृष्ट ५ पुरुष टोलीका प्रशिक्षकका रूपमा रहेका छन्।

रुबियालेसले एक वर्षअघि उनको नेतृत्वसँग असन्तुष्ट १५ खेलाडीले विद्रोहको सामना गर्न मद्दत गरेपछि भिल्डा महिला विश्वकपमा स्पेनको प्रशिक्षकको रूपमा रहेका थिए। वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका आइटाना बोनमाटी सहित तीन खेलाडी मात्र विश्वकपका लागि स्पेनिस टोलीमा फर्किए।

भिल्डाका लागि खेल्न अस्वीकार गर्ने मापी लिओन बार्सिलोनालाई महिला च्याम्पियन्स लिग र स्पेनिस लिगको उपाधि जिताउन मद्दत गरेपछि मनोनयनमा परेकी छन्। फाइनलमा आफ्नो व्यवहारको व्यापक आलोचनाको सामना गर्नुपर्दा पनि राजीनामा दिन अस्वीकार गर्दा रुबियालेसलाई समर्थन गर्नेमा विल्डा समेत थिए।

बोनमाटीले यसअघि नै विश्वकपमा उत्कृष्ट खेलाडीको रूपमा गोल्डेन बल जितेकी थिइन्। उनले दुई साताअघि युइएफए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेकी थिइन्।  उनले हर्मोसोलाई समर्थन देखाउन आफ्नो स्वीकृति भाषण प्रयोग गरेकी थिइन्।

इङल्यान्डका रेचेल डेली, एलेक्स ग्रिनवुड, लरेन जेम्स र केइरा वाल्ससँगै स्पेनका मापी लियोन र सलमा पाराल्युलो पनि मनोनयनमा परेका छन्। लिन्डसे होरान युनाइटेड स्टेट्स टोलीबाट पर्ने एक मात्र खेलाडी हुन्। उनको टोली राउन्ड अफ सिक्सटिनबाट बाहिरिएको थियो।

च्याम्पियन्स लिग विजेता सिटीबाट अर्लिङ हाल्यान्ड, केभिन डि ब्रुना, इल्के गुन्डागोन, बर्नाडो सिल्भा, जुलियन अल्भारेज र रोड्री मनोनयनमा परेका छन्। उनीहरूले च्याम्पियन्स लिगसँगै प्रिमियर लिग र एफए कप जितेका थिए।

गत सिजन इटालीको सिरी ए जित्ने नापोली टोलीका भिक्टर ओसिम्हेन र ख्विचा क्वारात्सेलिया पनि मनोनयनमा परेका छन्।

को को छन् फिफा उत्कृष्टका दाबेदार

फिफा पुरुष वर्ष खेलाडी :

जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी), मार्सेलो ब्रोजोभिक (क्रोएसिया/ इन्टर नाजिओला/अल नासर), केभिन डी ब्रुना (बेल्जियम/म्यानचेस्टर सिटी), इल्के गुन्डागोन (जर्मनी/म्यानचेस्टर सिटी/बार्सिलोना), अर्लिङ हाल्यान्ड (नर्वे/म्यानचेस्टर सिटी), रोड्रिगो हर्नान्डेज (स्पेन/म्यानचेस्टर सिटी), ख्विचा क्वारात्सेलिय (जर्जिया/नापोली), केलियन एम्बाप्पे (फ्रान्स/ पिएसजी), लियोनल मेसी (अर्जेन्टिना/पिएसजी/इन्टर मियामी), भिक्टर ओसिम्हेन (नाइजेरिया/नापोली), डिक्लेन राइस (इङल्यान्ड/वेस्टहाम/आर्सनल), वनार्डो सिल्भा (पोर्चुगल/म्यानचेस्टर सिटी)

फिफा महिला वर्ष खेलाडी

आइटाना बोनमाटी (स्पेन/बार्सिलोना), लिन्डा काइसेडो (कोलम्बिया/रियल मड्रिड), राचेल डे (इङल्यान्ड/एस्टनभिल्ला), काडिडिटाउ डिआना (फ्रान्स/ओलम्पिक लियोन/पिएसजी), काइटलिनी फोर्ड (अष्ट्रेलिया/आर्सनल), मेरी फाउलर (अष्ट्रेलिया/म्याचनेस्टर सिटी), एलेक्स ग्रिनवुड (इङल्यान्ड/म्यानचेस्टर सिटी), जेनिफर हर्मोसो (स्पेन/पच्चुका), लिन्डसे होरान (अमेरिका/ओलम्पिक लियोन), अमान्डा लेस्टेड (स्विडेन/आर्सनल/पिएसजी), लाउरेन जेम्स (इङल्यान्ड/चेल्सी), साम केर (अष्ट्रेलिया/चेल्सी), मापी लिओन (स्पेन/बार्सिलोना), हिन्टा मिआजावा (जापान/नाभी सेन्दाई), सल्मा पारालुएलो (स्पेन/बार्सिलोना), केइरा वाल्स (इङल्यान्ड/बार्सिलोना)

फिफा महिला टिम प्रशिक्षक :

पिटर गेहार्डसन (स्विडेन), जोनाथन गिराल्डेज (स्पेन/बार्सिलोना), टोनी गुस्ताभ्सन (स्विडेन/अष्ट्रेलिया), इम्मा हायस (इङल्यान्ड/चेल्सी), सरिना विगम्यान (नेदरल्यान्ड/इङल्यान्ड)

वर्ष उत्कृष्ट पुरुष प्रशिक्षक

पेप ग्वार्डिओला (स्पेन/म्यानचेस्टर सिटी), सिमोनी इन्जाघी (इटाली/इन्टरजोनाले), एन्गी पोस्टकोग्लो (अष्ट्रेलिया/सेल्टिक/टोटनह्याम), लुसिनो स्पाटेलेटी (इटाली/नापोली), जाभी (स्पेन/बार्सिलोना)

फिफा वर्ष उत्कृष्ट महिला गोलरक्षक

माकेन्जी आर्ननोल्ड (अष्ट्रेलिया/वेस्टह्याम), एन्ना बर्जर (जर्मन/चेल्सी), क्याटलिना कोल (स्पेन/बार्सिलोना), मेरी इयर्प्स (इङल्यान्ड/म्यानचेस्टर सिटी), क्रिस्टियन इन्डलर (चिली/ओलम्पिक लियोन), जेकिरा मुसोभिक (स्विडेन/चेल्सी), सान्ड्रा पानोस गार्सिया (स्पेन/बार्सिलोना)

फिफा वर्ष उत्कृष्ट पुरुष गोलरक्षक

यासिन बोनाउ (मोरक्को/सेभिया), टिवाउट कोर्टुवा (बेल्जियम/रियल मड्रिड), इडरसन (ब्राजिल/म्यानचेस्टर सिटी), एन्ड्री ओनाना (क्यामरुन/इन्टरनोनाले मिलानो/म्यानचेस्टर सिटी), मार्क एन्ड्रे टेर स्टेगन (जर्मन/बार्सिलोना)

फिफा फ्यान

क्लब एथ्लेटिको कोलोन डे सान्टा फि फ्यान (अर्जेन्टिना), फ्रान हन्डडाल (इङल्यान्ड), मिगुएल एन्जल मिलिनारिस फ्यान (कोलम्बिया)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.