|

ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि बुद्ध मावि बाडेगाउँले जितेको छ। 

ज्ञानकुण्ड युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा गंगाजमुना मावि लेलेलाई २–१ ले हराउँदै बुद्ध माविले उपाधिसहित नगद २० हजार जितेको छ।उपविजेता गंगाजमुनाले नगद १५ हजार पुरस्कार पाएको छ। 

 बुद्ध माविको जितमा महेश मगर र निश्चल रोक्का मगरले १–१ गोल गरे भने पराजित गंगाजमुनाका लागि विपिन महर्जनले सान्त्वना गोल फर्काए। 

बुद्ध माविले सांग्रिला इन्टरनेसनल स्कुललाई तथा गंगाजमुनाले अमर कान्ति स्कूललाई सेमिफाइनलमा हराएका थिए। 

प्रतियोगितामा उत्कृष्ट खेलाडी बुद्ध माविका निश्चल रोका मगर भए। सबैभन्दा बढी गोल गर्दै गंगा जमुनाका विपिन मर्हजनले सर्वाधिक गोलकर्ताको उपाधि जिते। 
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक अमर कान्तिका रियुस चौधरी भए। यस्तै उदीयमान खेलाडीको पुरस्कार टिकाभैरव माविका विश्वास तामाङले जित्न सफल भए । उनीहरूले नगद जनही २–२ हजार पाएका छन्। 

गोदावरी नगरपालिका वडा नम्बर १० स्थित चापागाउँ फुटसल सेन्टरमा सम्पन्न प्रतियोगितामा नगरभित्रका ३३ वटा स्कुलले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.