|

मुगु : जिल्लाको गमगढी बजार मुगुमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। 

राति करिब साढे १२ बजे तिर फैलिएको आगोले प्रदीप रावल, पुतली मल्ल र सान्त्वना खत्रीको घर जलेर पूरै नष्ट भएका छन्। आगो नियन्त्रणमा लिने क्रममा जंग शाहीको घर समेत भत्काइएको प्रहरीले जनाएको छ।

विजय होटल रहेको रावल र मल्लको एउटै छाना भएको घरबाट आगलागी शुरु भएको थियो। आगलागीका कारण मल्लको घरमा रहेको विजय होटल, नरेश मल्लको कम्प्युटर पसल र वडाध्यक्ष पदम मल्लको कपडा पसल जलेर नष्ट भएका छन्। सँगै रहेको मोबाइल पसल, टेलर पसल र हेएर कटिङ लगायत अन्य खुद्रा पसलका सामान काम नलाग्ने अवस्थामा छन्।

कम्प्युटर तथा इलेक्ट्रोनिक पसलमा विद्युत् सटभई आगलागी भएको अनुमान गरिएको छ। करिब ५ घण्टा लगातार लागेको आगो नेपाल प्रहरी, रेडक्रस नेपाल र समुदायको सक्रियतामा नियन्त्रणमा लिइएको हो। 

यो बजारमा बजारमा अधिकांश घर काठले बनेका कारण वर्षैपिच्छे आगलागीका घटना हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.