|

ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  रेडियन्ट पब्लिक बोर्डिङ स्कूलले जितेको छ।

सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधि जितेको हो। महिला (३×३) बास्केटबलको उपाधि भने स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ। 

सिनियर ब्वाईजतर्फको फाइनल खेलमा रेडियन्टले ब्राईट होराईजनलाई ६५–५० को स्कोरमा हराएको छ। सो फाइनल खेलका बेला वर्षा भएपछि सो खेललाई किर्तिपुरको कर्भडहलमा खेलाइएको थियो । 

खेलको पहिलो क्वाटरमा १७–११ को अग्रता बनाएको रेडियन्टले दोस्रो क्वाटर पनि १५–१० ले आफ्नो पक्षमा पार्‍यो तर तेस्रो क्वाटरमा ब्राईट होराइजनले २१–१७ को जित निकाल्यो तर फेरी चौथो क्वाटरमा गएर रेडियन्टले १६–८ को स्कोरमा खेल आफ्नो पक्षमा पारेको थियो । सो फाइनल खेलमा रेडियन्टका लमिक योञ्जनले सर्वाधिक २९ स्कोर गरे । 

सेमिफाइनलमा रेडियन्टले लिटिल एन्र्जल्स स्कूललाई ४४–२५ को स्कोरमा हराएको थियो भने सेमिफाइनलमा ब्राईट होराईजनले मेगस स्कूलको चुनौती ७७–७१ स्कोरले पन्छाएको थियो । 

पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा सम्पन्न जुनियर ब्वाईजतर्फको फाईनल खेलमा ब्राईट होराईजनलाई १९ स्कोरले हराउँदै रेडियन्टले उपाधि जितेको हो । रेडियन्टले ३९ स्कोर गर्दा पराजित ब्राईट होराईजनले मात्र २० स्कोर गर्न सक्यो । जुनियरतर्फ ८ टिम सहभागी थिए ।

रेडियन्ट, जनसेवा स्कूललाई २९–१८ स्कोरले हराउँदै फाइनलमा पुगेको थियो भने ब्राईट होराईजनले सेमिफाइनलमा ग्रिनफिल्ड स्कूललाई ३१–२६ स्कोरले पाखा लगाएको थियो । 

पुष्पसदन कप अन्तर्गत गर्ल्स (३×३) बास्केटबलको उपाधि स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ । उसले फाइनलमा राराहिललाई हराएको छ। गर्ल्स  (३×३)मा २४ वटा टिम सहभागी थिए । 

प्रतियोगितामा जुनियर ब्वाईजतर्फ जनसेवा माविका लुजा मर्हजन, सिनियर ब्वाईजमा एलएका लक्कि मर्हजन र गल्र्स (३×३) मा एभिएमकी अनुश्री ढुङ्गानाले इमर्जिङ प्लेयरको पुरस्कार पाएका छन्।

यस्तै मोष्ट भेलुएबल प्लेयर्सको पुरस्कार जुनियर ब्वाईजमा रेडियन्टका विधान कार्की, सिनियर ब्वाईजमा रेडियन्टकै लमिक योञ्जन र गर्ल्स (३×३) तर्फ स्वर्णीमकी अरिभाना तरामुले जितिन्। 

फेयर प्ले टिमको पुरस्कार जुनियर ब्वाईजतर्फ निसर्ग बाटिका स्कुलले, सिनियरतर्फ मंगल माध्यमिक स्कुलले  र गर्ल्स (३×३) तर्फ हिलटाउन इन्टरनेसनल स्कुलले जितेको छ।

किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले प्रतियोगितामा विजेता तथा उपविजेता स्कूल र विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरेका छन्। ​

गत भदौ २९ गतेदेखि सुरु प्रतियोगितामा उपत्यकाका विभिन्न २५ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.