|

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने छुटेका चिकित्सकलाई गन्तव्यमा पुर्‍याउन जहाज पठाएको बताएका छन्। सामाजिक सञ्जालबाट उनले तत्कालै नेपाल वायुसेवा निगमको जहाज पठाइएको जानकारी दिएका हुन्।
 

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो, गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको छ,’उनले भनेका छन्।

मंगलबार बिहान ताल्चा विमानस्थलमा समिट एयरले सत्तारूढ नेकपा माओवादी केन्द्रका नेताहरूलाई चढाउनपर्ने भएपछि टिकट बुक गरेका चिकित्सकहरू नेपालगञ्जका लागि उड्न नपाएको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.