|

दोलखा : चार केजी सुनसहित पक्राउ परेका तीनै जनाको परिचय खुलेको छ।

बुधबार दिउँसो ३:२० बजे दोलखाको विगु गाउँपालिका-३ जामुने स्थित सीता तामाङको घरबाट  चार थान सुन जस्तो देखिने धातु सहित तीन जना पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा बिगु गाउपाफिका ३ का  अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र  सोही स्थानका २० वर्षका माधव मगर रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिए।

सिता तामाङको घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरिक्षक विक्रम लामाको कमाण्डमा १० जनाको टोली खटि तामाङको घरमा खानतलासी गर्दा उक्त सुन बरामद गरिएको  थियो।

उक्त धातु ओसारपसारमा संलग्न शंकास्पद तिन जनालाई  नियनत्रणमा लिई थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.