|

भक्तपुर : भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) श्रद्धालुको घुइँचो लागेको छ। हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट भाद्र शुल्क पूर्णिमाको अवसरमा यहाँ ठूलो मेला लाग्छ।

इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा छ। यसै विधिअनुसार  बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पुर्‍याएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने आज भक्तजनको घुइँचो लागेको हो।

देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रूपमा समेत लिने गरेको छ। इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने विश्वास छ।

 इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.