|

ललितपुर : भक्तपुरको चाँगुनारायणमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु भएको छ। 

आध्यात्मिक जागरण र आश्रम सञ्चालनको सहयोगार्थ छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा चाँगुनारायण नगरपालिका–९ ताथलीमा ​बिहीबार महायज्ञ शुरु भएको हो। महायज्ञको आरम्भमा भक्तपुर र आसपासका जिल्लाबाट करिब १ हजारभन्दा बढी भक्तजनको सहभागतामा विशाल कलशयात्रा निकालिएको थियो।

भक्तपुरमा नै पहिलो पटक विशाल पण्डालका साथ महायज्ञ शुरु भएको आश्रमका सञ्चालक अध्यक्ष बालयोगेश्वर विजय मूर्ति महाराजले जानकारी दिए।  १७ दिन चल्ने महायज्ञस्थलमा दैनिक पाँच हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्ने र महायज्ञ अवधिभर चार लाख आउने अनुमान  छ। 

आश्रम निर्माणका लागि करिब पाँच करोड लागत लाग्ने अनुमान गरेको भन्दै महायज्ञबाट दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरेको आयोजक संस्थाको भनाइ छ। 

महायज्ञका अवसरमा ५०० भन्दा बढी कन्यापूजन, सयौँ जनाको सामूहिक तुलादान, १०८ गौ माताको दूध जम्मा गरी पञ्चामृत वितरण, एक हजार भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान र वेद–पुराणपाठ पारायण हुने बालयोगेश्वरले बताए। 

महायज्ञका लागि १०८ सदस्यीय मूल आयोजक समिति र ६० वटा उपसमिति तयार पारिएको छ।  महायज्ञ असोज २७ गते सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.