|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ।

आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर १ हजार ९५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो।

विभिन्न २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह १ दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक १ दशमलव ३८ प्रतिशतले घटेको छ। 

बैंकिङ शून्य दशमलव ६१, विकास बैंक १ दशमलव २२, वित्त १ दशमलव २७ र होटल तथा पर्यटन समूह १ दशमलव २३ प्रतिशतले घटेको छ।

लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ७ दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ।

सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ दशमलव ५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड ५९ लाख ७० हजार ६५२ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १ लाख ८१ हजार ८४९ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.